परिचय
विक्रम सम्वत् २०४५ सालतिर उपत्यकामा वसोवास गर्ने मगरहरुको मृत्युमा मलामीको अभावले तत्व वोध गराएको समाज चाहिदो रहेछ भन्ने आवश्यकतालाई मूर्तरुप दिन तत् समयका मगर बुद्धिजिवि तथा उपल्लो तहका मगरहरु (पूर्व मन्त्री बालाराम घर्ती मगर, सचिव श्री टेक बहादुर थापा, कर्णेल श्रीप्रसाद वुढाथोकी मगर, क्या.दानबहादुर वुढाथोकी, ईन्सपेक्टर तुल बहादुर थापा एस.पी दिलीप सिंह आले, लगायतका समाजका मगर अगुवाहरुले २०४७ मा मगर समाज सेवा समिति को निर्माण गरे र ईन्सपेक्टर श्री तुलबहादुर श्रीस मगर अध्यक्ष हुंदा २०५२ साल मङसीर १५ गते यस संस्थाको विधिवत दर्ता भयो र नाम राखियो “मगर समाज सेवा केन्द्र” । यो संस्था ललितपुर महानगरपालिका वडा नं.१४ रानी बूँ मा आफनै भवनमा संचालित छ ।
हाल यस संस्था संग र्किरव ३ रोपनी ९ आना १ दाम क्षेत्रफलको जग्गा र सो मा निर्माण भएको आफनै भवन छ । संस्थामा ५०० भन्दा वढी आजिवन सदस्यहरु रहेका छन् । शुरुमा मगर समाज सेवा केन्द्र नाम रहेको यस संस्थालाई अधिराज्य भरी व्यापकता दिनु पर्छ भन्ने उद्देश्यले २०७३ मा विधान शंसोधन गरी मगर समाज सेवा केँन्द्र नेपाल नामकरण गरियो ।
संस्थाको दूरदृष्टि
समस्त मगरहरुमा भाईचाराको भावना वृद्धि गरी सुसस्कृत, शिक्षित, सक्षम र सांस्कृतीक र ऐतिहासिक हिसावले सम्वृद्ध मगर समाजको निर्माण गर्ने ।
संस्थाको अभियान
अधिक भन्दा अधिक मगरहरुलाई यस संस्थामा आवद्ध गरी संस्थाको उद्देश्य हासिल गर्न परिचालन गर्ने र आफनो समुदायको साख उचो राख्न प्रयत्नशील रहने ।
संस्थाको उद्देश्यहरु
- भाषा भेष भूषा, कला र संस्कृती जगेर्ना गर्ने,
- मगरहरुलाई राज्यको मूल प्रवाहमा समावेश हुन प्रयत्नशील रहने,
- समाजलाई शिक्षित वनाउन छात्रवृति कोष संचालन गर्ने,
- सरकारी जागिरमा मगरहरुको पहुंच पुरयाउन लोकसेवा तयारी कक्षा संचालन गर्ने,
- रक्तदान गरी समाजमा स्वास्थ्य क्षेत्रमा योगदान गर्ने,
- दैवी प्रकोपको वेला मानवीय सहायता संचालन गर्ने ।
- मगरहरुलाई असाध्य रोग लागे आर्थिक अवस्था कमजोर भएकालाई मानवीय सहयोग पुरयाउने ।
- मृत्यु हुंदा भौतिक, नैतिक वा आर्थिक सहयोग गर्ने ।